HomeFeatureनेकपा एमालेद्वारा १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेद्वारा १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

ललितपुर,  12  नवम्बर 2021

नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको तुलसीलाल स्मृति प्रष्ठिानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले महाधिवेशनको प्रतिक चिन्ह लोगो सार्वजनिक गर्नुभएको हो । लोगोमा गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोकेको देखाइएको छ । त्यस्तै पार्टी खातामा चाहेको रकम अनलाइनमार्फत जम्मा गर्नका लागि क्यू आर कोड पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा एमालेका महासचिव पोखरेलले सहमतिका साथ सहमतिका साथ नेतृत्व चयन गर्ने बताउनुभयो । देशभरका सबै स्थानीय अधिवेशन एकैसाथ सहमतिमा भएको भन्दै केन्द्रीय नेतृत्व चयन पनि सहमतिमै हुने उहाले बताउनुभयो । महाधिवेशनमा सहभागीका लागि तीन किसिमको प्रतिनिधि रहने व्यवस्था रहेको जानकारी दिदै पोखरेलले प्रतिनिधि छनोटका लागि शनिवार मुलुकभर एकैपटक निर्वाचन हुने बताउनुभयो । उहाले राष्ट्रिय राजनीतिलाई सहि दिशा दिनका लागि पनि एमालेको महाधिवेशन महत्वपूर्ण हुने धारणा पनि राख्नुभयो । कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको प्रतिनिधिको व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाले महाधिवेशन पूर्णत डिजिटल हुने जानकारी दिनुभयो । एमालेले सहमतिका साथ प्रतिनिधि चयनका लागि पनि आह्वान गरेको छ । महाधिवेशन अघि मंसिर ७ गते मुलुक भर मोटरसाईकल र्याली गरिने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...