HomeFeatureअहिलेको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध: नेपाल

अहिलेको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध: नेपाल

काठमाडौं, 13 नवम्बर 2021

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अहिलेको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने भन्दै अहिले आफुहरुको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताउनुभएको हो । उहाले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको धारणा पनि राख्नुभयो । त्यस्तै उहाले पछिल्लो समय देशभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको दावी गर्नुभयो । अध्यक्ष नेपालले गलत प्रवृति र बानी त्याग्न पत्रकारहरुलाई सुझाव दिनुभयो । उहाले जनतालाई सुसुचित गर्ने कामका साथै देशलाई मार्गदर्शन गर्ने माध्यम बन्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा संगठनको नेतृत्व चयनमा एकलौटी गरेर वास्तविक पत्रकारलाई बेवास्ता गरिएको भन्दै केहि पत्रकारले आपत्ती जनाएका थिए । समाजवादीका प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले छुटेका व्यक्तिलाई समायोजन गर्ने आश्वासन दिएपनि उनीहरुले कार्यक्रम नै बहिष्कार गरेका थिए । शम्भु श्रेष्ठलाई अध्यक्षमा स्वीकार गरेपनि अन्य पदाधिकारी चयनमा भने विवाद देखिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...