HomeFeatureबिद्युत आपुर्तिको समस्या छिटै समाधान हुन्छ: कुलमान घिसिङ

बिद्युत आपुर्तिको समस्या छिटै समाधान हुन्छ: कुलमान घिसिङ

काठमाडौं, 13 नवम्बर 2021

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिद्युत आपुर्तिको समस्या छिटै समाधान हुने बताउनुभएको छ । शनिवार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै घिसिङले विद्युत प्रशारण लाइन तथा सव स्टेशनहरुको समस्याका कारण अहिले देखिएको विद्युत आपूर्तिलाई छिट्टै समाधान गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन लागेको बताउनुभएको हो । उहाँले उत्पादन भएका विद्युतलाई सकेसम्म नेपालभित्रै खपत गर्ने बताउदै उद्योगहरुले मागे जति विद्युत उपलब्ध गराइने बताउनुभयो । त्यस्तै उहाले उद्योग, विद्युतीय सवारीको प्रयोग तथा खाना पकाउनका लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्ने गरी शुल्कमा समेत छुटका व्यवस्थालाई जोड दिने बताउनुभयो । घिसिङले सवस्टेसन निर्माण र केही ट्रान्समिसन लाईन विस्तार भइरहेकाले अहिले परिक्षण स्वरुप भारतमा विद्युत बिक्री गरिएको बताउनुभयो । घिसिङले विद्युत विस्तार तथा संरचना निर्माणमा ऐन,कानून नै बाधक भएकोले काम गर्न समस्या हुनुका साथै लागत समेत वृद्धि हुने देखिएको धारणा पनि राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...