HomeFeatureनेकपासँग कुनै छलफल भएन: ‘विप्लव’

नेकपासँग कुनै छलफल भएन: ‘विप्लव’

काठमाडौं, 13 नवम्बर 2021

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रसंग एकताका लागि कुनै छलफल नै नभएको स्पष्ट पारेको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले चूनावमा पराजय हुने डरले माओवादी अध्यक्ष प्रचण्डले नेकपासंग एकताको कुरा गरेको हुनसक्ने भन्दै आफ्नो पार्टीभित्र कुनै छलफल नभएको बताउनुभएको हो । माओवादीको अवको चूनाव बिग्रने र प्रचण्डले पनि एक्लै चूनाव नजित्ने उहाले बताउनुभयो । बास्तोलाले वैज्ञानिक समाजवादका जानका लागि मात्र नेपालमा बृहत कम्युनिष्ट एकता हुनसक्ने तर्क गर्नुभयो । त्यस्तै उहाले न्यायलयमा देखिएको दृश्यले दुखित तुल्याएको भन्दै न्यायलयमा देखिएको घटना दलाल पूजिवादी व्यवस्थाको उपज भएको जिकिर गर्नुभयो । उहाले आफुहरुले वर्तमान संसदीय व्यवस्था परिवर्तका लागि जनमत संग्रहको चूनाव गर्नुपर्ने भन्दै जनमत बिनाको चूनावमा सहभागी हुन नसकने बताउनुभयो ।त्यस्तै बास्तोलाले जनतालाई मारमा पर्ने गरि पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै आन्दोलन घोषणा गरिएको जानकारी दिनुभयो । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिले सवै क्षेत्रमा प्रभाव पर्ने भन्दै कुनै पनि हालतमा सरकारले मूल्यबृद्धि फिर्ता लिनुपर्ने उहाले बताउनुभयो । उहाले पेट्रोलियम पदार्थमा सरकारले लिएको कर निकै बढि भएको र निगमबाट राज्यमा बस्ने व्यक्तिले फाइदा लिएको आरोप लगाउनुभयो । उहाले आफुहरुको अवको आन्दोलन शान्तिपूणरुपमा गर्ने बताउनुभयो । नेता बास्तोलले सरकारले आफुहरुसंग गरेको तीन बुँदे सहमति अझै कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...