HomeFeatureनेकपाको केन्द्रीय कमिटी बैठक शनिबारबाट काठमाडौंमा सुरु

नेकपाको केन्द्रीय कमिटी बैठक शनिबारबाट काठमाडौंमा सुरु

काठमाडौं, 13 नवम्बर 2021

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबारबाट काठमाडौंमा सुरु भएको छ । ललितपुरको एक होटलमा बसेको बैठकको पहिलो दिन केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइएको थियो । त्यस्तै बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्नुभएको थियो । सो क्रममा उहाले खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताउनुभएको थियो । त्यस्तै अध्यक्ष नेपालले राष्ट्रिय आत्मसमर्पणवादबाट देशलाई जोगाउने काम गरेको उल्लेख गर्नुभयो । त्यस्तै बैठकमा सम्मानित नेता झलनाथ खनालले बैचारिक राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो क्रममा नेता खनालले जनताको बहुदलीय जनवाद (जबज) अब पार्टीको मार्गदर्शन सिद्धान्त बन्न नसक्ने बताउनुभयो । उहाले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने भएपछि आफूहरुले नयाँ पार्टी खोलेको तर्क गर्नुभयो । आफूहरु फुटेको नभइ व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेको दावी गर्दै खनालले समाजवादी क्रान्तिको नेतृत्व एकीकृत समाजवादीले मात्रै गर्नसक्ने धारणा राख्नुभयो । उहाले एमालेका एक पङ्ती अझै पनि अन्यौलमा रहेकाले आफ्नो पार्टीमा आउने संभावना दखेको दावी गर्नुभयो । बैठकमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारको भावी योजनाका बारमा जानकारी गराउनुभएको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकमा आइतबार केन्द्रीय सचिवालय र कार्यालयहरूबाट भएका काम कारबाहीहरू अनुमोदन हुने कार्यक्रम छ । बिभिन्न प्रस्ताव पारित गर्दै बैठक आइतबार नै सम्पन्न हुने समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...