15 नवम्बर 2021
विश्वले टी–२० विश्वकपको रुपमा अस्ट्रेलियाको रुपमा नयाँ च्याम्पियन पाएको छ । टी–२० विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै कंगारु टोलीले पहिलो पटक उपाधि जितेको हो । अष्ट्रेलियाले टी-२० च्याम्पियन बन्न पूरा १४ वर्ष कुर्नुपरेको थियो । सन् २०१० मा टोलीले प्रतियोगिता जित्ने मौका पाए पनि इंग्ल्याण्डले टोलीको सपना साकार हुन दिएन।









































