मुस्ताङ, 15 नवम्बर 2021
मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका बेपत्ता भएका छन् ।भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिंह माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्किएका छन् ।भीम शेरचन र सकेन्द्र गौचनका ६५–६५ वटा याक चौंरीमध्ये १०–१२ वटा मात्र भेटिएका छन् । हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षित रुपमा सम्पर्कमा आएका छन् । १३० याक चौंरीमध्ये बाइनाकुलरले हेर्दा १०र१२ मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला कार्यलयले जनाएको छ । नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । जङ्गलमा चर्न गएका गाई, भैसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापरबालीमा क्षति पुगेको छ । हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो । हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उनको भनाइ छ । क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए । हिउँसो ११:४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो ।









































