15 नवम्बर 2021
रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको विषका कारण मृत्यु भएको छ। उनीहरूको उपचारको क्रममा मृत्यु भएको थियो । दुवै बालकहरूलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारजनको आरोप छ । प्रहरीले यस घटनालाई घटना शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले बालकहरूको विषका कारण मृत्यु भएको भन्दै सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएका छन् । बालकहरूलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।