HomeFeatureसिक्किममा भुवन केसी, करोडोको खोजीमा ?

सिक्किममा भुवन केसी, करोडोको खोजीमा ?

सिक्किम, 15 नवम्बर 2021

सिक्किममा सुटिङ गर्ने नेपाली फिल्मलाई भारतको सिक्किम राज्यका एक मन्त्रीले १ करोडसम्म अनुदान दिने बताएपछि नेपाली फिल्मकर्मीका आँखा चौडा भएका छन् भने १ करोड भारु अर्थात् १ करोड ६० लाख नेपाली रुपैयाँ भएपछि लगभग धेरै नेपाली फिल्मको काम सकिन्छ । नेपाली निर्माताले सिक्किम सरकारको यो अनुदान पाउँदै आएका छन् तर १ करोड भारु नै पाउने भएपछि भने धेरै नेपाली निर्माता सिक्किम सरकारको अफरप्रति उत्सुक बन्न थालेका छन् ।  निर्माता भुवन केसी ‘बितेका पल’ निर्माता राजेश घतानीलाई लिएर सिक्किम पुगेका हुन् । एक महिनाअघि सिक्किमका एक मन्त्रीलाई एभरेस्ट होटलमा उनै घतानीले फिल्मकर्मीसँग भेट गराएका थिए ।  उक्त समयमा भुवन केसी र ती मन्त्रीका बीच पनि भेट भएको थियो । भुवन केसीलाई मन्त्रीले नै सिक्किम सरकार भुवन केसीजस्ता निर्मातासँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । मन्त्रीको यही इच्छालाई मध्येनजर गर्दै निर्माता केसी राजेश घतानीलाई साथ लिएर सिक्किम पुगेका हुन् । भुवन केसीले तीन तीन वटा फिल्म घोषणा गरेर बसेका छन् । आफ्नै घरबाट घोषणा भएका फिल्म छाडेर अनमोल अरुले बनाउन लागेको ‘एक्स नाइन’ खेल्दैछन् । जबकि यो फिल्म परिदृश्यमा नआउँदै भुवन केसीले अनमोललाई मुख्य भूमिकामा लिने गरी ‘एन्टि हिरो’ ‘पारस’ र ‘माइतीघर २’घोषणा गरेका थिए । तर काम सुरु हुँदैछ ‘एक्स नाइन’को ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...