HomeFeatureसांस्कृतिक सम्पदाले देशको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउनु पर्छ: सिँचाइमन्त्री

सांस्कृतिक सम्पदाले देशको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउनु पर्छ: सिँचाइमन्त्री

ललितपुर, 15 नवम्बर 2021

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक सम्पदाले देशको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने बताउनुभएको छ । सोमबार ललितपुर महानगरपालिका –८ स्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । त्यस्तै उहाँले कला र सम्पदाले देशको सामाजिक सद्भाव र राष्ट्रको संवद्र्धन गरेर पर्यटन क्षेत्रको लाभ लिनुपर्नेमा जोड दिनुभयो । मन्त्री भुसालले उक्त मन्दिरको ४ करोड रुपैयाँ लागत रहेकाले तीनै तहको सरकारको मद्दतमा तोकिएको समयमै उक्त मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गरिने बताउनुभयो । मन्दिर २०७२ सालको भूकम्पले भत्किएको थियो। करिब ३८८ वर्ष पहिले पुनर्निर्माण भएको मन्दिरको अन्वेषण आवश्यक रहेको बताउँदै उहाँले उक्त मन्दिर जीवन संस्कृतिसँग जोडिएकाले पुनर्निर्माणसँगै मन्दिरको ऐतिहासिक अन्वेषण हुने बताउनुभयो । मन्दिर पुनर्निर्माण गत भदौ ३ गतेदेखि नै चालु रहे पनि सोमबार औपचारिक थालनी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...