मुस्ताङ, 15 नवम्बर 2021
मुस्ताङमा आइतबार बिहान फिल्म ‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको छ । फिल्मको सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको हो । हिम पहिरो खसेपनि फिल्म युनिट कसैलाई नोक्सान भएको छैन्। हिम पहिरोका कारण आइतबार सुटिङ रोकिए पनि आजबाट फेरि छायाङ्कन सुरु भएको निर्देशकले जनाएका छन्। ‘हिम पहिरो होला आज बिहान ढिलो मौसम खुल्यो’ ‘अहिले भने फिल्मको छायाँकन धमाधम भइरहेको छ ।’ कबड्डी ४’ मा दयाहाङ राई, बुद्धि तामाङ, सौगात मल्ल, विजय बराल, मिरुना मगर लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मको छायाँकन अझै १० दिनसम्म मुस्ताङमै हुनेछ ।









































