HomeFeatureमंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६...

मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता हुने

काठमाडौं, 15 नवम्बर 2021

नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता हुने भएको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हायत होटलमा मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मेला उद्घाटन गर्ने जानकारी दिएको हो । कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्य बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ  । उक्त मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल रहने छन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत बिभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिनुभयो । विगतमा भन्दा केही नयाँ अवधारणाका साथ आयोजना गर्न लागिएको यो व्यापार मेलाले यस क्षेत्रमा सकारात्मक उर्जा उत्पन्‍न गर्न सहयोग पुयाउने शाक्यले बताउनुभयो । प्रदर्शनी एवं मेलाको माध्यमबाट हस्तकलाको आन्तरिक व्यापार प्रवर्द्धन र निर्यात व्यापारमा समेत टेवा पुर्याउने उद्देश्यले हरेक बर्ष अन्तर्राष्ट्रियस्तरको हस्तकला व्यापार मेलाको आयोजना गर्दै आएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...