HomeFeatureअख्तियार सवै भन्दा बढि प्रदेश दुईबाट भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता

अख्तियार सवै भन्दा बढि प्रदेश दुईबाट भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता

काठमाडौं, 15 नवम्बर 2021

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सवै भन्दा बढि प्रदेश दुईबाट भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदनका बारेमा पत्रकार सम्मेलन गर्दै अख्तियारले सवैभन्दा बढि प्रदेश २ बाट र सवै भन्दा कम गण्डकी प्रदेशबाट उजुरी प्राप्त भएको जनाएको हो ।प्राप्त भएका उजुरीमध्ये स्थानीय तहमा भएको अनियमिमताका बारेमा धेरै उजुरी परेको अख्तियारले जनाएको छ । आर्थिक बर्ष ०७७÷७८ मा रहेका २२ हना। ६ सय २५ उजुुरी मध्ये १४ हजार ५ सय ३२ उजुरी फछर्यौट भएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो । अख्तियारले नेपाल सरकारलाई बार्षिक प्रतिवदेनमार्फत बिभिन्न ६० वटा सुझाव दिएको छ । जसमा सवै भन्दा बढि सार्वजनिक खरिद तथा आयोजना÷ कार्यक्रम व्यवस्थापनसम्बन्धी रहेको छ । अख्तियारले राजस्व चुहावल नियन्त्रण गर्ने, कर छुट र मिनाहा दिने प्रवृति बन्द गर्न पनि सरकारलाइ सुझाव दिएको प्रवक्ता रिसालले बताउनुभयो । त्यस्तै ठेक्का सम्झौतामा सम्बन्धीत निकाय तथा पदाधिकारी नै पूर्ण रुपमा जिम्मेवार एवं जवाफदेही हुने व्यवस्था मिलाउन पनि सुझाव दिएको उहाले बताउनुभयो । प्रवक्ता रिसालले स्टीङ अप्रेशनका बारेमा सर्वोच्च अदालतले दिएको निर्देशनका कारण पनि अख्तियारमा उजुरी कम भएको हुन सक्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाले जनताहरु जागरुक भएकै कारण पनि स्थानीय तहका बिषयमा धेरै उजुरी आएको महशुस अख्तियारले गरेको बताउनुभयो । अख्तियारले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...