16 नवम्बर 2021
मुगु जिल्लाको सदरमुकाम गमगढीमा आगलागी हुँदा २१ वटा घर जलेका छन् । सोमबार मध्य राति साढे १२ बजेदेखि गमगढीमा आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएका छन् । गमगढी बजार साँघुरो र बाक्लो भएका कारण धेरै नोक्सानी भएको स्थानीयले जनाएका छन् । आगलागीबाट करोडौंको सम्पत्तिनष्ट भएको घटनाप्रति प्रदेश सरकार गम्भीर भएको र क्षतिको विवरण संकलन गरेर उचित राहत प्याकेज उपलब्ध गराउने प्रतिवद्धता मुख्यमन्त्री शाहीले जनाएका छन् ।









































