17 नवम्बर 2021
नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता एवम् लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ भेटवार्ता भएको हो। भेटघाटका क्रममा नेपाल–भारतमा दलितहरूको अवस्था र तिनको हकहितको बारेमा समेत चर्चा भएको थियो । भेटघाटमा भाजपा प्रवक्ता सोन्करका साथ पत्नी लगायत डा.राकेश रञ्जन, स्वामी सौरभ र राष्ट्रिय दलित जागरण मुक्ति अभियानका नेता खगेन्द्र सुनार सहभागी थिए ।









































