17 नवम्बर 2021
अमेरिका र क्यानडामा रहेको नेपाली भाषीलाई लक्षित गर्दै दुई रियालिटी शो ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’को काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै शो घोषणा गरिएको हो । यी दुबै रियालिटी शोलाई इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले गर्न लागेको हो । फाउन्डेशनका अध्यक्षले जनवरीबाट शो सुरु गर्ने जनाएका छन् । कार्यक्रममा फाउन्डेशनका अध्यक्षले नेपाली भाषा र संकृतीको संरक्षण र प्रवद्र्धन गर्दै रियालिटी शो मार्फत अमेरिका र क्यानडामा रहेका नेपाली भाषीमा नेपाली भाषा, संकृतिको जागरुकता ल्याउनु रहेको जनाए । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन् । यस्तै, ‘मेरो डान्स कप यूएसए–४’को निर्णायकमा भने अभिनेता दिलिप रायमाझी, नृत्य निर्देशक शंकर वीसी, अभिनेत्री केकी अधिकारी र नरमान राई छन् । फाउन्डेशनले नेपालमा रहेका जेष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्तासमेत उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा नायिका केकी अधिकारीले अमेरिकामा पनि नेपाली भाषीलाई लक्षित गरेर यति ठूलो रियालिटी शो आयोजना हुनु आफैंमा गौरबको विषय भएको बताइन् ।









































