काठमाडौं, 17 नवम्बर 2021
नेपाल बारको अगुवाईमा प्रधानन्यायाधीशविरुद्ध बुधबार पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएका छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भईरहेको आन्दोलनमा सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रहरीबीच केहीबेर ठेलमठेल भएको थियो । सो क्रममा प्रदर्शनकारीले प्रधानन्यायधिशको राजीनामा माग गर्दै नारावाजी गरेका थिए । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंसिर ३ गतेभित्र राजीनामा नदिए अर्को चरणको आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । बिरोधपछि बारमा आयोजित सभामा अधिवक्ताहरुले न्यायालयमा विकृति ल्याएकाले प्रधानन्यायधिशबिरुद्ध आन्दोलन गर्नुपरेको बताए । बरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीशले घुस पाएर फैसला गर्ने भएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । घुस खाएका न्यायाधीशले फैसलामा अवैधलाई अवैध भन्न नसकेको पनि उहाले बताउनुभयो । वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशबाट जबराले राजीनामा नदिएसम्म नेपाल बारले आन्दोलन गरिराख्ने उल्लेख गर्नुभयो । प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले निरन्तर आन्दोलन गर्दै आएको छ ।









































