HomeFeatureएन्फा र कतार एयरवेजको सम्झौता

एन्फा र कतार एयरवेजको सम्झौता

17 नवम्बर 2021

अखिल नेपाल फुटबल संघ एन्फाले कतार एयरवेजसँग सम्झौता नविकरण गरेको छ । शुक्रबारदेखि शुरुहुने शहीद स्मारक ए डिभिजन लिगका लागि एन्फाले कतार एयरवेजसँग सम्झौता नविकरण गरेको हो । यसअघि पनि कतार एयरवेज नै ए  डिभिजन लिगमा मुख्य प्रायोजकको रुपमा रहेको थियो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्द इल इमानले सम्झौता नविकरण पत्रमा हस्ताक्षर गरेका छन् । अहिले पनि ए डिभिजन लिगको नाम ‘कतार एयरवेज ए डिभिजन लिग’ नै रहने छ । यो बर्ष लिगको प्रायोजन गरेबापत कतार एयरवेजले १ लाख ५० हजार डलर एन्फालाई प्रदान गर्ने छ । यो डलर रकम अर्को बर्ष ५ लाख पुर्याउने लक्ष्य रहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । कतार एयरवेजका कन्ट्री म्यानेजर इमानले नेपालको फुटबलको विकासका लागि कतार सधैं तयार रहेको बताउँदै यो सम्बन्ध अझै लामो समय सम्म जाने विश्वास व्यक्त गरे । ए डिभिजन लिग शुक्रबारदेखि शुरुहुँदै छ । उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोवाटोबीच प्रतिस्पर्धा हुने छ । १४ टिम सहभागि खेलमा सबै टिमले १३ खेल खेल्ने छन् । कुल ९१ खेलको नतिजाले ए डिभिजन लिगको उपाधि छिनोफानो हुने छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...