HomeFeatureसरकारद्वारा बुधबारबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्न सुरु

सरकारद्वारा बुधबारबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्न सुरु

काठमाडौं, 17 नवम्बर 2021

सरकारले बुधबारबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्न सुरु गरेको छ । बुधवार राहदानी विभाग त्रिपुरेश्वरमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो इ–पासपोर्ट हस्तान्तरण गर्नुभएको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी इपासपोर्ट जारी गरेको हो । इ–पासपोर्ट सर्वसाधारणका लागि भने मंसिर १५ गतेबाट पूर्णरुपमा वितरण थालिने राहदानी विभागले जनाएको छ । कार्यक्रममा मन्त्री खड्काले इ–पासपोर्ट सबै जिल्ला र विभिन्न नियोगहरुबाट वितरण हुने बताउनुभयो । राहदानी लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता अब हट्ने भन्दै उहाँले अब सबै काम अनलाईन प्रणालीबाट हुने उल्लेख गर्नुभयो । मन्त्री खड्काले देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र नेपाली राहदानीको सम्मान थपिने जिकिर गर्नुभयो । त्यस्तै शताब्दी पुरुष जोशीले पासपोर्ट नागरिकको पहिचान भएको भन्दै नयाँ प्रबिधिले समस्या झेल्नुनपर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...