काठमाडौं, 18 नवम्बर 2021
भारतीय योगगुरु बाबा रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण बिहिबार काठमाडौं पुग्नु भएको छ । शुक्रबार काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन स्वामी रामदेव र बालकृष्ण काठमाडौं पुग्नुभएको हो। काठमाडौंको बिमानस्थलमा स्वामी रामदेव र बालकृष्णलाई उहाँका अनुयायीहरुले स्वागत गरेका थिए । बिमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै योगगुरु रामदेवले भारतपछि पतञ्जलीको मुख्य गन्तव्य भनेको नेपाल भएको र मेडिकल रिसर्च र कलेज पनि विस्तार गर्ने जानकारी दिनुभयो । नेपालसंग आफ्नो तीनदशकदेखिको आत्मिय सम्बन्ध रहेको उहाँले बताउनुभयो । नेपाललाई पतञ्जलीले नयाँ सौगात दिने उहाँको भनाई छ । योगगुरु रामदेवले शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थीतीमा दुई वटा धार्मिक नेपाली च्यानलको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।









































