HomeFeatureहस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई

हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं, 19 नवम्बर

प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारबाट काठमाडौंमा सुरु भएको १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउदै आएको हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले हस्तकला निकासी गर्दै विदेशी मुद्राको आयआर्जनबाट मुलुकको आर्थिक घाटा न्युनिकरण हुने विश्वास गर्नुभयो । हस्तकला क्षेत्रमा देखिएको कर सम्बन्धि समस्यालाई सहजिकरण गर्ने उहाँले बताउनुभयो । उहाँले हस्तकला उद्योग नेपालको गरिमा र पहिचानको क्षेत्र भएकाले समयानुकल परिस्कृत गर्दै अघि बढाउनुपर्ने धारणा राख्नुभयो । मंसिर ५ गतेसम्म चल्ने मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एक सय २० स्टल रहेका छन् ।  मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिता अन्तर्गत विभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृत समेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...