भक्तपुर, 19 नवम्बर 2021
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपालममा कोरोनाको खोप अभाव नहुने स्पष्ट पार्नुभएको छ । शुक्रबार भक्तपुरमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले नेपालमा प्रयाप्त खोप आउने प्रक्रियामा रहेको भन्दै कोरोनाको खोप अभाव नहुने स्पष्ट पार्नुभएको हो । अहिलेसम्म नेपाल कोरोना बिरुद्धको ६ करोड खोपको अवस्थामा रहेको उहाँले बताउनुभयो । मन्त्री खतिवडाले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउन खोजेको बताउनुभयो । त्यस्तै स्वास्थ्य बिमालाई विस्तार गर्दै भुक्तानीलाई व्यवस्थीत गरिने धारणा राख्नुभयो । फरक प्रसंगमा नेकपा एकीकृत समाजवादीका नेता समेत रहनु भएका खतिवडाले यसअघिको सरकारले गफ बढि काम कम गरेको आरोप लगाउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न खोजेकै कारण सबै प्रदेशबाट एमाले बाहिरिनु परेको तर्क गर्नुभयो । उहाँले आफुहरु राणाशासन, पञ्चायत र राजतन्त्र विरुद्ध लडेका पार्टीहरुसंग मात्र निर्वाचनमा सहकार्य हुने बताउनुभयो ।









































