HomeFeatureसशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले प्राप्त गरे सातौं नेपालगञ्ज म्याराथनको...

सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले प्राप्त गरे सातौं नेपालगञ्ज म्याराथनको उपाधि  

काठमाडौं, 20 नोवम्बर 2021

सातौं नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन् । बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा नेपालगञ्ज म्याराथन पूरा गरेका हुन। बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधि जितेका हुन् । दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन् । एपीएफका सन्तोष विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भएका छन् । म्याराथनको उपाधि जितेका बोगटीले एक लाख रुपैया पुरस्कार राशि प्राप्त गरेका छन । द्वितिय भएका रावलले ५० हजार, तृतिय भएका विष्टले २५ हजार प्राप्त गरे । हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले बाजी मारेकी छन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथनको उपाधि जितेकी हुन् । सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी छन् ।  एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन् । हाफ म्याराथनमा विन्दु हमाल तृतिय, सरस्वती बोहरा चौथो, साधना शाही पाँचौ, कल्पना थारु छैठौ र चन्द्रमाया रावत सातौ भएका छन् । हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार रुपैया पाइन् । ५ किलोमिटर ओपन (महिला) मा राजपुरा पछाई प्रथम, फूलमति राना द्वितिय र बन्दना बुढा तृतिय भएका छन् । उनीहरुले क्रमशः १५ हजार, १० हजार र सात हजार रुपैयाँ पुरस्कार पाए ।  ह्वील चियरमा महेश चौधरी प्रथम, यज्ञबहादुर खत्री द्वितिय र चन्द्रबहादुर कामी तृतिय भएका  छन् । उनीहरुले सात हजार, ५ हजार र तीन हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...