काठमाडौं, 20 नोवम्बर 2021
नेकपा (एमाले) का पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको १० औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने बताउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताउनुभएको हो । उहाँले १० औं महाधिवेशनमा सर्वसम्मत् रुपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि बताउनुभयो । तामाङले आफूहरु सहमतिको साथ महाधिवेशन सम्पन्न गर्न तर्फ लागिरहेको पनि जानकारी दिनुभयो । महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिईसकिएको र देउवाले पनि आउने विश्वास दिलाएको उहाँले बताउनुभयो ।









































