काठमाडौं, 22 नवम्बर 2021
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि धर्ना दिएको छ । तेस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका हुन् । सोमबार सर्वोच्च परिसबाट न्यायलयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई हटाइएको थियो । धर्नाका क्रममा उनीहरुले प्रधानन्यायधिशबिरुद्ध चर्का नारा लगाएका थिए । धर्नापछि बारमा आयोजित विरोध सभामा बारमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशकै कारणबाट भ्रष्टचार व्याप्त भएको राजीनामाको बिकल्प नरहेको बताउनुभयो । सेवाग्राहीहरुलाई तीनबर्षदेखि अदालतमा भइरहेको अन्याय अव हुन नदिने उहाँको भनाई छ । उहाँले प्रधानन्यायाधीशले बिचौलियामार्फत फाइदा हुने मुद्धामात्र हेर्ने गरेको आरोप लगाउनुभयो । नेपाल बार एसोसिएसनको अगुवाईमा न्यायालयमा भष्ट्राचार , दलिय भागबन्डा गरेको लगायतका आरोप लगाउँदै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु तीन सातादेखि आन्दोलनमा छन् ।









































