HomeFeatureशहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र...

शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं, 22 नवम्बर 2021

शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बी १–१ गोलको बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती एक गोलको अग्रता उल्टाएर आर्मीले पुलिससँग बराबरी खेलेको हो  । खेलको ५१ औं मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तेज तामाङको फ्रिकिकमा उनले हेडरमार्फत गोल गरे । तर, खेलको ६१ औं मिनेटमा परिवर्तित खेलाडी विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए ।  पुलिसका डिफेन्डर बुद्ध तामाङले क्लियर गर्न नसकेको बलमा  विवेकले पेनाल्टी बक्सको ठिक बाहिरबाट सुन्दर गोल गरे । खेलको ८७ औं मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गरेका थिए । तर, उनी अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो । यस बराबरीसँगै आर्मी र पुलिसले १–१ अंक पाएका छन् । खेलमा आर्मीका सेसेहाङ म्यान अफ दि म्याच चुनिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...