काठमाडौं, 22 नवम्बर 2021
संसदीय सुनुवाइ समितिका सभापति एवं लोसपा नेता लक्ष्मणलाल कर्णले अर्को व्यक्ति नभएर बाध्यतावश चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीश बनाइएको बताउनुभएको छ । सोमबार नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै कर्णले जवरालाई नबनाउँदा सर्वोच्च अदालत नेतृत्व विहीन हुने तत्कालिन अवस्थामा देखिएकाले सुनुवाई समितिले बाध्यतावश अनुमोदन गरेको बताउनुभएको हो । उहाँले एउटा परिस्थितिमा जवरालाई प्रधानन्यायाधीश बनाइएको भन्दै जवराले नसोचेको काम अदालतमा गरेको तर्क गर्नुभयो । उहाँले जवराले अब पद खालि गरेर संस्थालाई जोगाउनुपर्ने बताउनुभयो । कर्णले बारको आन्दोलनमा राजनीतिक रुप नदेखिनु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो । त्यस्तै कर्णले बारमा भएको प्रहरी हस्तक्षेप दुर्भाग्यपूर्ण भएको भन्दै दुख व्यक्त गर्नुभयो । विभिन्न माग राख्दै बारले सोमबार बिभिन्न दलहरुलाई ज्ञापन पत्र बुझाएको हो ।









































