काठमाडौं, 22 नवम्बर 2021
नेकपा एमालेका नेता रामबहादुर थापाले दक्षिणपन्थीहरु सत्तामा हावी भएको र बामपन्थीहरु रक्षात्मक अवस्था धकेलिएको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा थापाले पार्टीभित्र रहेका अराजकतावादीहरुको अन्तर्घातका कारण दक्षिणपन्थीहरु सत्तामा हावी भएको र बामपन्थीहरु रक्षात्मक अवस्था ढकेलिएको बताउनुभएको हो । सर्वहारा वर्गलाई पुनः सत्तामा पुर्नस्थापना गर्न अराजकवादलाई परास्त गर्नु पर्ने भन्दै उहाँले अराजकतावादीको भ्रमलाई च्यात्न जरुरी रहेको तर्क गर्नुभयो । उहाँले नेतृत्वको निर्देशन, बिधि र पद्धतीलाई नमान्ने प्रवृति अराजकबाद भएको र अराजकबादलाई अन्त्य नगरेसम्म समाजवाद निर्माण गर्न नसकिने धारणा राख्नुभयो ।









































