HomeFeatureभरतमोहन अधिकारी स्मृति फाउन्डेशनद्वारा ज्येष्ठ नागरिकहरुका लागि आधारभूत शैक्षिक कार्यक्रम सञ्चालनको शुभारम्भ

भरतमोहन अधिकारी स्मृति फाउन्डेशनद्वारा ज्येष्ठ नागरिकहरुका लागि आधारभूत शैक्षिक कार्यक्रम सञ्चालनको शुभारम्भ

काठमाडौं, 23 नवम्बर 2021

भरतमोहन अधिकारी स्मृति फाउन्डेशनले ज्येष्ठ नागरिकहरुका लागि आधारभूत शैक्षिक कार्यक्रम सञ्चालनको शुभारम्भ गरेको छ । प्रतिष्ठानको ज्येष्ठ नागरिक आधारभूत तथा डिजिटल लिट्रेशी कार्यक्रम अन्तरगत ७ वटै प्रदेशमा १ वर्षे निःशुल्क कक्षा संचालन अन्तरगत मंगलबार ललितपुरको बुङ्मतिमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शैक्षिक कार्यक्रमको उद्घाटन गर्नुभएको हो । निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानले जनाएको छ । एक वर्षे शैक्षिक कार्यक्रम मार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी दिइने समेत प्रतिष्ठानले जानकारी दिएको छ । कार्यक्रममा बागमतीका मुख्यमन्त्री पाण्डेले ज्येष्ठ नागरिकलाई प्रविधिमैत्री बनाउने काम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिधिले कामबाट जनताको माया प्राप्त गर्नुनै ठूलो कुरा भएको जिकिर गर्नुभयो । त्यस्तै पाण्डेले भरतमोहनले थालेको वृद्धभत्ता कार्यक्रम लगाएतका धेरै कार्यक्रमले समाज रुपान्तरणको थालनी गरेको धारणा राख्नुभयो । प्रतिष्ठानका सदस्य लीमा अधिकारीले ज्येष्ठ नागरिकलाई प्रविधिसंग जोड्नका लागि आधारभूत शैक्षिक कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । बागमति प्रदेशबाट सुरु भएको कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरिने उहाँले बताउनुभयो । त्यस्तै प्रतिष्ठानकी अध्यक्ष सविता अधिकारीले ज्येष्ठ नागरिकका लागि स्वर्गीय भरतमोहन अधिकारीले ल्याएको कार्यक्रमले अझै निरन्तरता पाइरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकलाईलाई शिक्षित बनाउन प्रतिष्ठानले कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले स्वर्गीय भरतमोहनमा ज्येष्ठ नागिरकप्रति ठूलो आस्था, विश्वास र सदभाव रहेको स्मरण गर्नुभयो । कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन लगाएतका व्यक्तिहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...