काठमाडौं, 23 नवम्बर 2021
नेकपा एमालेका नेता महेश बस्नेतले आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले आफूले सचिवमा उम्मेद्धवारी दिने घोषणा गर्नुभएको हो । बस्नेतले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिने र विजयी बनाउने पनि दावी गर्नुभयो । त्यस्तै नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी पनि गर्नुभयो । पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १० औं महाधिवेशनमा नेतृत्व चयन गरिने उहाँले जानकारी दिनुभयो । त्यस्तै उहाँले पार्टीको अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव दिनुभयो । त्यस्तै बस्नेतले यसपटक प्यानल बनाउने कुनै प्रक्रिया नै नहुने जिकिर पनि गर्नुभयो ।









































