HomeFeatureसंविधान खारेज गर्दै राजतन्त्र फर्काउने उदेश्यका साथ गरिएको प्रतिनिधिसभा विघटनलाई जनताले विफल...

संविधान खारेज गर्दै राजतन्त्र फर्काउने उदेश्यका साथ गरिएको प्रतिनिधिसभा विघटनलाई जनताले विफल पारेको प्रचण्डको दावी

काठमाडौं, 23 नवम्बर 2021

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संविधान खारेज गर्दै राजतन्त्र फर्काउने उदेश्यका साथ गरिएको प्रतिनिधिसभा विघटनलाई जनताले विफल पारेको दावी गर्नुभएको छ । मंगलबार काठमाडौंमा अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरुले संविधानलाई खारेज गर्ने तथा राजतन्त्रका साथ १७ साल फर्काउन गरेको प्रतिनिधिसभा विघटन जनताको बलमा विफल पारिएको बताउनुभएको हो । अहिले पनि केहिलाई आन्दोलनबाट प्राप्त परिवर्तन मन नपरेको भन्दै सवैले संविधानलाई जोगाउनुपर्ने बेला आएको उहाँले बताउनुभयो । प्रचण्डले नेपालको राजनीति परिवर्तनको प्रक्रिया चक्रव्युहमा पुगेको र यसलाई निकाल्नुपर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले निर्वाचन प्रणाली र शासकिय स्वरुप तथा पहिचानका बिषयमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले संघीयता विरोधी, मधेसी जनता र पहिचान विरोधी केपी ओली नै भएको धारणा राख्नुभयो । प्रचण्डले समाजवादी क्रान्तिका लागि फेरि एकपटक एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...