HomeFeatureकुमारी बैंक काठमाडौं टिम च्याम्पियनसीप २०२१ कर्पोरेट आमन्त्रण ब्याडमिन्टनमा सहभागी हुने नेपाली...

कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसीप २०२१ कर्पोरेट आमन्त्रण ब्याडमिन्टनमा सहभागी हुने नेपाली खेलाडीको नाम सार्वजनिक

काठमाडौं, 24 नवम्बर 2021

कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसीप २०२१ कर्पोरेट आमन्त्रण ब्याडमिन्टनमा सहभागी हुने नेपाली खेलाडीको नाम सार्वजनिक गरिएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमीले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी वरीयता अनुसार शीर्ष आठमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । प्रतियोगिता पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुनेछ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, एपीएफका दिपेश धामी, भोजपुरका विकास श्रेष्ठ, एपीएफका साजन ताम्राकार, नेपाल पुलिसका विष्णु कटुवाल, धादिङका सुदिप सेढाई, नेपाल पुलिसका दिपक बोहरा र आर्मीका नविन श्रेष्ठ वरियताको शीर्ष आठमा रहेका छन् र उनीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । यता महिलातर्फ शीर्ष आठ वरियतामा शीर्ष चारमा आर्मीका चार खेलाडी नङशल तामाङ, अमिता गिरी, अनुमाया राई र रशिला महर्जन रहेका छन् । त्यसैगरी, एपीएफका जेसिका गुरुङ र शोभा गौचन पाँचौ र छैठौ वरियतामा रहेका छन् । एपीएफकै सुनैना मुखिया र भोजपुरकी सिता राई सातौ र आठौ वरियतामा रहेका छन् । खेलाडीहरुको खेल्ने टिमको घोषणा भने पछि हुने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत मेन्स सिंगल्स, वुमेन्स सिगल्स, कर्पोरेट डबल्स, मेन्स डबल्स र बुमेन्स डबल्स गरी पाँच इभेन्ट्स समावेश गरिएको छ । विजेता टिमका वरियताप्राप्त खेलाडीले ७५ हजार उपविजेताले ६० हजार, तेस्रो हुनेले ५५ हजार र चौथो स्थान हात पार्नेले ४७ हजार ५ सय नगद प्राप्त गर्नेछन् । त्यसैगरी वरीयता प्राप्त खेलाडीलाई दर्ता हुनेवित्तिकै २० हजार दिने आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्याच फि बापत २ हजार ५ सय प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...