कपिलबस्तु, 24 नवम्बर 2021
कृषि ज्ञान केन्द्र कपिलबस्तुले एग्रोभेट, विउ विजन तथा विषाधी विक्रि वितरण गर्ने पसलहरुमा अनुगमन गरेको छ । कृषकहरुको बाली संरक्षणका लागि म्याद नाघेका विउ विजन तथा विषाधि विक्रि वितरण हुन नदिन ज्ञान केन्द्रले कपिलबस्तु नगरपालिकाको १० र मायादेवी गाँउपालिकाको ४ वटा एग्रोभेट, विउ विजन तथा विषाधीका पसलहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकंश पसलहरुमा मुल्य सुची नभएको, दर्ता प्रमाण पत्र नविकरण नभएको भेटिएको छ भने बिषाधीहरु बेग्ला बेग्लै स्थान राखिनु पर्ने भएपनि एकै स्थानमा राखिएको पाइएको छ । त्यस्ता पसलहरुलाई सुझावसहित नियमानुसार गर्न चेतावनी दिइएको कृषि ज्ञान केन्द्रका विषाधी निरिक्षक सत्यराम हरिजनले जानकारी दिनुभयो । विषाधी लगायत सामग्रीहरु विक्री वितरण गर्नको लागि व्यवसायीले ग्लोब्स,मास्क अनिवार्य प्रयोग गर्नु पर्ने र हरेक पसलको अगाडी हात धुनको लागि अनिवार्य व्यवस्था गर्न पनि ध्यानाकर्षण गराईएको कृषि ज्ञान केन्द्र कपिलबस्तुले जनाएको छ ।









































