HomeFeatureकांग्रेसको पुच्छर समातेर धेरै फुर्ति नलगाउन माधव नेपाललाई ओलीको चुनौति

कांग्रेसको पुच्छर समातेर धेरै फुर्ति नलगाउन माधव नेपाललाई ओलीको चुनौति

काठमाडौं, 24 नवम्बर 2021

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले अब कुनै पार्टीसंग एकता नगर्ने स्पष्ट पार्नुभएको छ । बुधबार काठमाडौंमा युवा संघ अन्तर्गतको साइबर सर्कल घोषणा कार्यक्रममा ओलीले एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको भन्दै अरु पार्टीमा रहेकाहरु एमालेमा भने आउन सक्ने बताउनुभएको हो । उहाँले माधव नेपालमा गएका नेताहरुलाई एमालेमा नै फर्कन पनि आग्रह गर्नुभयो । अध्यक्ष ओलीले कांग्रेसको पुच्छर समातेर धेरै फुर्ति नलगाउन माधव नेपाललाई चुनौति दिनुभयो । उहाँले एमाले विगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै सजक रहन कांग्रेसलाई सुझाव दिनुभयो । अदालतको फैसलाबाट जनमतलाई पराजित गरेको भ्रम केहिले पालेको भन्दै उहाँले जनताले जित्नेकी जनविरोधीहरुले जित्ने निर्णय हुन बाँकी रहेको तर्क गर्नुभयो । उहाँले एमाले भनेको पार्टीको नाममात्र नभएर नेपाली जनताको प्रतिनिधि शक्ति भएको दावी गर्नुभयो । अध्यक्ष ओलीले पाँच दल कै कारण अदालतमा समस्या देखिएको बताउनुभयो । सर्वोच्च अदालतको विवादलाई क्यान्सरको संज्ञा दिदै ओलीले उक्त विवाद सामान्य रुपमा साम्य नहुने बताउनुभयो । त्यस्तै ओलीले माओवादी नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै प्रचण्डप्रति कटाक्ष गर्नुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले सञ्चार क्षेत्रमा बैदेशिक लगानीलाई सरकारले नै प्रोत्साहन गर्नु दुर्भाग्य भएको टिप्पणी गर्नुभयो । युवा संघको यसअघिको ‘साइबर सेना’ को नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...