HomeFeatureपार्टीको १४ औँ महाधिवेशनमा सभापति पदका लागि निधिको औपचारिकरुपमा उम्मेदवारी घोषणा

पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदका लागि निधिको औपचारिकरुपमा उम्मेदवारी घोषणा

काठमाडौं, 25 नवम्बर 2021

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदका लागि औपचारिकरुपमा उम्मेदवारी  घोषणा गर्नुभएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी  घोषणा गर्नुभएको हो । उहाँले उम्मेदवारी  घोषणा गर्दै काँग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी किन भनी भनेर २३ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गर्नुभएको छ ।  निधिले सभापतिमा आफ्नो उम्मेदवारीको ध्येय र आशय अगामी सरकार नेपाली काँग्रेसको एकलौटी बनाउनु रहेको बताउनुभयो  । उहाँले कांग्रेसको नेतृत्वमा संविधानमा जारी भएपनि  निर्वाचनपछि कम्युनिष्ट पाटींले सरकार बनाएपछि विकृती विसंगती सुरु भएकाले कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न कांग्रेसको एकलौटी सरकार आवश्यक रहेको बताउनुभयो । निधिले आफ्नो नेतृत्वमा कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गर्नुभयो । उहाँले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता,हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...