ललितपुर, 26 नवम्बर 2021
नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । शुक्रबार ललितपुरमा उद्घाटन भएको अधिवेशनमा बन्द शत्रका कार्यक्रम सुरु भएपनि निर्वाचन भने शनिबार मात्र हुने नेपाली काँग्रेस ललितपुरले जानकारी दिएको हो । शुक्रबार उम्मेदवारी दर्तादेखि अन्तिम नामाबोली प्रकाशन गरिएको छ । ललितपुरमा रामकृष्ण चित्रकार, मीनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले प्यानल बनाएर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।









































