HomeFeatureजनचाहना अनुसारको नेतृत्व परिवर्तन हुनु पर्ने सिंहको भनाई, नारायणी किनारामा ओलीवेशन भईरहेको...

जनचाहना अनुसारको नेतृत्व परिवर्तन हुनु पर्ने सिंहको भनाई, नारायणी किनारामा ओलीवेशन भईरहेको थापाको कथन

काठमाडौं, 27 नवम्बर 2021

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनचाहना अनुसारको नेतृत्व परिवर्तन नभए काँग्रेलाई आउँदा दिनमा अप्ठेरो हुने बताउनुभएको छ । शनिबार काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार कृष्ण(सबुज) बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै नेता सिंहले १४ औं महाधिवेशनबाट जनचाहना अनुसाको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस १३ औं महाधिवेशनबाट कमजोर भएको बताउदै काँग्रेस कमजोर भएपछि प्रजातन्त्र पनि कमजोर हुने बताउनुभयो । नेता सिंहले पार्टीलाई संस्थागत गर्न नेतृत्व परिवर्तन गर्नु आजको आवाश्यकता भएको टिप्पणी गर्नुभयो । नेता सिंहले नेपाली काँग्रेसको विचारलाइमा आम जनतामाझ पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने टिमलाई नेतृत्व दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले काँग्रेसको नेतृत्वमा वनेको संविधान कार्यान्वयन गर्न आगामी निर्वाचनमा बहुमत ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने तर्क गर्नुभयो । काठमाडौं जिल्लामा जन्मिएर काठमाडौंको पहिचार बचाउने कि क्षेत्रपाटी,चाक्सीबारी जान्दैनौं भन्ने टिमलाई चिताउने भन्दै प्रश्न गर्नुभयो । उहाँले आफू सभापति भएदेखि विरोध गर्ने बीउ अझै बाँकी भएकाले त्यस्तो बीउलाई उखेलर फाल्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ओलीवेशन भइरहेको आरोप लगाउनुभयो । उहाँले त्यहाँ सबै बाका छोराछोरीहरू मात्रै रहेको र नारायणी किनारमा अधिवेशन नभइ ओली बाको पाउमा तेल राम्रोसँग दल्न कस्ले सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको तर्क गर्नुभयो । नेता थापाले कांग्रेसको जिल्ला अधिवेशनबारे ठाउँठाउँका समाचार आउँदै गर्दा नआत्तिन आग्रह गर्दै आपसमा मतभेद र मतान्तर हुने भएकाले कुशल नेतृत्व चयन गर्न सक्नुपर्ने तर्क गर्नुभयो । नेता थापाले १४ औँ महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न सक्नुपर्ने बताउदै पार्टीको नेतृत्व बगेको नदीजस्तै हुनुपर्ने तर्क गर्नुभयो । जिल्ला सभापतिका उम्मेदवार कृष्ण(सबुज) बानियाँले आफूलाई जिताउन आग्रह गर्नुभयो । उहाँले वितमा पनि नेपाली काँग्रेलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले आफूले विगतमा गरेको कार्यसम्पादनको मूल्यांकन भएको तर्क गनुभयो । काठमाडौंमा सभापतिका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंह र युवा नेता गगन थापाको गठबन्धन बनेको छ भने त्यसविरुद्व सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...