HomeFeatureढाका व्यवसायीहरुले भेला तथा प्रदर्शनी आयोजना पौष २, ३ र ४ गते...

ढाका व्यवसायीहरुले भेला तथा प्रदर्शनी आयोजना पौष २, ३ र ४ गते गर्ने

काठमाडौं, 28 नवम्बर 2021

ढाका व्यवसायीहरुले भेला तथा प्रदर्शनी आयोजना गर्ने भएका छन् । आइतबार पत्रकरकार सम्मेलन गर्दै ढाका व्यवसायीरुले पौष २, ३ र ४ गते बानेश्वरको थापागाउंस्थित बानेश्वर व्याङकेटमा भेला तथा प्रदर्शनी आयोजना गर्ने जानकारी दिएका हुन । भेला तथा प्रदर्शनीमा रहने ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटामा रेशाजन्य अल्लोका उत्पादनहरु राखिने नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका संयोजक रमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नेपाल घरेलु तथा साना उद्योग महासंघले २०५८ सालमा ढाका तथा पश्मिनाजन्य बस्तुहरुको बृहत प्रदर्शनी आयोजना गरेको जानकारी दिदै यो दोश्रो ढाका कपडा प्रदर्शनी हुने बताउनुभयो । उहाँले अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी निकासी गर्न सकिने अवस्था रहेको बताउदै ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहेको भए पनि ढाकाको उत्पादनबारे लेखाजोखा र तथ्यांक राख्ने कार्य नभएको बताउनुभयो । यस व्यवसायको प्रवर्द्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा प्रभावकारी प्रयास हुन नसकेको बताउदै उहाँले देशभर झण्डै ५० हजार भन्दा बढी रोजगारी सिर्जना गरेका जानकारी दिनुभयो । हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सिप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले यसका उत्पादनहरुमा बजारको माग तथा बदलिदो परिवेश अनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...