HomeFeatureशहर र घर बस्नलायक हुनु पर्ने  शहरी विकासमन्त्री झाँक्रीको भनाई

शहर र घर बस्नलायक हुनु पर्ने  शहरी विकासमन्त्री झाँक्रीको भनाई

काठमाडौं, 29 नवम्बर 2021

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शहर र घर बस्नलायक हुनु पर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै शहरि विकासमन्त्री झाँक्रीले भौतिक संरचनाहरु ब्लिया र भरपर्दा हुनुपर्ने बताउनुभएको हो । उहाँले नेपाल सरकार र शहरि विकास मन्त्रालयले भौतिक संरचना निर्माणलाई प्रविधिमैत्री बनाउन पहल गर्ने बताउनुभयो । मन्त्री झाँक्रीले आफू विद्यार्थी राजनीतिबाट आएकाले पनि सीप र ज्ञान हस्तान्तरणको पक्षमा  रहेको बताउदै सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाले सुरक्षित आवास निर्माणलाई सरकारले अघि बढाइरहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा इञ्जिनीयरिङ र इञ्जिनीयरिङबिना निर्माण गरिएका दुई घर प्रदर्शनीमा राखिएको  छ । ती घरमा भूकम्पको धक्का दिएर कतिसम्म थेग्न सक्छ भन्नेबारे परिक्षण समेत गरिएको आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...