HomeFeatureपार्टी तीन टुक्रा बनाउनेले पनि महाधिवेशनको नाम एकता महाधिवेशन राखेको भन्दै एमालेप्रति...

पार्टी तीन टुक्रा बनाउनेले पनि महाधिवेशनको नाम एकता महाधिवेशन राखेको भन्दै एमालेप्रति प्रचण्डको व्यङ्ग्य

काठमाडौं, 1 दिसम्बर 2021

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी तीन टुक्रा बनाउनेले पनि महाधिवेशनको नाम एकता महाधिवेशन राखेको भन्दै एमालेप्रति व्यङ्ग्य गर्नुभएको छ । बुधबार काठमाडौमा राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले अहिले तीन नेताहरु मिलेर राप्रपाले एकताको महाधिवशेन गरेको भन्दै तीन टुक्रा भएर फुटेको एमालेले पनि एकता महाधिवेशन नै भनेको बताउनुभयो । उहाले पार्टी फुटाएर एकता महाधिवेशन भन्दै एमालेले जालीझेली काम गरेको तर्क गर्नुभयो । त्यस्तै उहाले राजतन्त्र फाल्न भूमिका निर्वाह गर्ने व्यक्तिले राजतन्त्रलाई राष्ट्रवादी भनेको भन्दै मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न लागेको हो कि भनेर कटाक्ष पनि गर्नुभयो । त्यसअघि सम्बोधनका क्रममा मैनालीले राजा महेन्द्र राष्ट्रवादी भएको र प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताउनुभएको थियो । प्रचण्डले राप्रपा र आफ्नो पार्टीको विचार तथा मत नमिल्ने भएपनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको जिकिर गर्नुभयो । प्रचण्डले अन्तविरोधभित्र पनि सहमति र सहकार्य गर्दै मुलुकलाई राजनीतिक स्थीरतातर्फ अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...