HomeFeatureराष्ट्रिय हितका लागि राजा र जनताबीचको एकता, राष्ट्रियता र प्रजातन्त्रबीचको सामन्जस्यता अहिलेको...

राष्ट्रिय हितका लागि राजा र जनताबीचको एकता, राष्ट्रियता र प्रजातन्त्रबीचको सामन्जस्यता अहिलेको आवश्यकता छ: थापा

काठमाडौं, 1 दिसम्बर 2021

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रिय हितका लागि राजा र जनताबीचको एकता तथा राष्ट्रियता र प्रजातन्त्रबीचको सामन्जस्यता अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । बुधबारबाट काठमाडौंमा सुरु राप्रपाको महाधिवेशनको उद्घाटन सत्रमा उहाले यस्तो बताउनुभएको हो ।  देशमा विदेशी हस्तक्षेप बढेको, संवैधानिक अंगहरु भासिएको र राजनीतिक दलहरुबीच एकअर्काप्रतिको कटुतापूर्ण सम्बन्धले राष्ट्रिय एकता संकटमा परेको उहाले बताउनुभयो । अध्यक्ष थापाले राप्रपाले २०६३ अघिको अवस्थामा देशलाई फर्काउन नचाहेको बताउँदै आफूहरु मध्यधारमा रहेको उल्लेख गर्नुभयो । उहाले राजादेखि विप्लव नेकपासम्म अटाउने व्यवस्थाको लागि आफुहरु लागि परेको बताउनुभयो । उहाले धर्म निरपेक्षताको आडमा सनातन हिन्दु धर्मलाई सखाप पार्न लागिएको भन्दै देशमा नेपालीको पहिचानका लागि हिन्दुराष्ट्र आवश्यक रहेकोको जोड दिनुभयो । त्यस्तै राप्रपाका अर्का अध्यक्ष पशुपति शमशेर राणाले लामो समयसम्म सरकार सञ्चालन गरेका राजनीतिक दलहरु विकासको बाटो देखाउन असफल भएको आरोप लगाउनुभयो । उहाले आगामी स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ठूलो  विजय हात पार्न आवश्यक रहेको भन्दै यसका सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै राप्रपाकै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा हिन्दु र बौद्ध धर्मको धरोहर भएकाले यसलाई धार्मिक पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । ठूला दलहरुले राजनीतिको नाममा देशमा ध्रुविकरण बढाएको उहाँको आरोप छ ।राप्रपाको महाधिवशेन उद्घाटन पनि बुधबारबाट नै बन्द सत्र सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...