2 दिसम्बर 2021
भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने बताएको थियो । तर कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण सो निर्णय भारतले फेरेको छ । भारतले फेरि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ । महानिर्देशनालयले जारी गरेको परिपत्रमा जनाएको छ । ‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ,’ यो सँगै नेपाल र व्यावसायिक उडानसमेत प्रभावित बनेको छ ।









































