काठमाडौं, 2 दिसम्बर 2021
नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी गर्नुभयो । उपाध्यक्ष ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकत्ता रहेको औंल्याउनुभयो ।त्यस्तै उहाले कमिकमजोरी सच्याएर एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गर्नुभयो । ज्ञवालीले नेपालको राजनीतिमा एमालेले मूख्य भूमिका निर्वाह गर्नुपर्ने भएकोले आफूहरु सोहीअनुसार तयारीका साथ अघि बढेको पनि धारणा राख्नुभयो । उहाले महाधिवेशनमा कतिपय छुटेकालाई १० प्रतिशत मनोनिततर्फ ल्याउने जानकारी दिनुभयो ।









































