काठमाडौं, 3 दिसम्बर 2021
अपाङ्गता भएका व्यक्तिहरूको ३०औं अन्तर्राष्ट्रिय दिवस शुक्रबार बिभिन्न कार्यक्रम गरि मनाइएको छ । ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो । दिवसका अवसरमा राष्ट्रिय अपांग कोषले काठमाडौंमा बिशेष कार्यक्रको आयोजना गर्दै अपाङ्गता भएका व्यक्तिहरूका लासग कृतृम हात, खुट्टा, बैशाखी, सेतो छडी, ह्वीलचियर लगाएतका सामाग्री बितरण गरेको थियो भने बिभिन्न व्यक्तिहरुलाई अपागंता प्रतिभा पुरस्कार बितरण गरिएको थियो । संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गता सम्बन्धी विश्व कार्ययोजना पारित गरेपछि सन् १९९२ देखि दिवस मनाउन थालिएको हो । अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।









































