HomeFeatureसरकार चौतर्फी असफल भएको ओलीको आरोप

सरकार चौतर्फी असफल भएको ओलीको आरोप

काठमाडौं, 3 दिसम्बर 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्योलग्रस्त राजनीतिलाई अन्त्य गरेर देशलाई सही बाटोमा लैजान ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ । काठमाडौंको थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रवार पदबहाली गर्दै ओलीले देशलाई थप अन्यौलतातर्फ जान नदिनका लागि ताजा जनादेशमा जानुपर्ने बताउनुभएको हो । गठबन्धनको सरकारबाट देश चल्न नसकेको आरोप लगाउदै उहाले मुलुकमा गतिहिनता पैदा भएको टिप्पणी गर्नुभयो । ओलीले सरकार चौतर्फी असफल भएको आरोप पनि लगाउनुभयो । त्यस्तै ओलीले अदालतमा देखिएको समस्या सत्तारुढ पाँच दलको गठबन्धनको विसंगतिका कारण भएको बताउनुभयो । गलत फैसला गराउने र आफै हुर्मत लिने कार्यपालिकाको कामले न्यायपालिकालाई बर्वाद गरेको उहाको भनाई छ । त्यस्तै उहाले आफुहरुले राखेका बिषय अझैपनि सम्बोधन नभएकाले संसदमा बिरोध कायमै रहने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले पार्टीको महाधिवेशन सफल भएको र जनसहभागिताबाट पार्टीमा थप उर्जा आएको बताउनुभयो । चितवनमा सम्पन्न भएको एमालेको १० औं महाधिवेशनबाट अध्यक्ष ओली पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्तै शुक्रबार नै एमालेका अन्य पदाधिकारीले पनि पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...