HomeFeature’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अंक बाडेको...

’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ

काठमाडौं, 3 दिसम्बर 2021

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । शुक्रबार भएको खेलमा थ्री स्टारले फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर थ्री स्टारले फ्रेन्ड्ससँग अंक खोसेको हो । थ्री स्टारका लागि मिक्छेन तामाङले गोल गरे । फ्रेन्ड्सका नाथनिल जुड ग्रासियाले एक गोल गरे । लगत्तै ५१ औं मिनेटमा फ्रेन्ड्सले सुरुआती अग्रता बनायो । कप्तान प्रकाश बुढाथोकीको क्रसमा फ्रेन्ड्सका ग्रासियाले हेडमार्फत गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए । तर, खेलको ८३ औं मिनेटमा मिक्छेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए ।  खेलमा फ्रेन्ड्सका ग्रासिया म्यान अफ दि म्याच चुनिए । यस बराबरीसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्सले ३ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...