HomeFeatureमुसा मार्ने औषधि खुवाएर बालकको हत्या आरोपमा भारतबाट सौतेनी आमा पक्राउ

मुसा मार्ने औषधि खुवाएर बालकको हत्या आरोपमा भारतबाट सौतेनी आमा पक्राउ

3 दिसम्बर 2021

धनगढीमा १० वर्षीय बालकको हत्या भएको छ। हत्या आरोपमा सौतेनी आमा पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार पत्रकार सम्मेलनमा धनगढी उपमहानगरपालिका–२, मालिका टोलका १० वर्षीय निशान्त थापामगरको हत्या भएको छ भने हत्या आरोपमा ३५ वर्षीया सौतेनी आमा मागी रोकायालाई पक्राउ गरी सार्वजनिक गरेको हो। भारतको हरियाणा रोहतक प्रेम चोकबाट रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निशान्त हिमाल एकेडमीमा कक्षा ३ मा अध्ययनरत थिए। उनी मंसिर २ गते कोठामा मृत फेला परेका थिए भने उनका सौतेनी आमा सोही दिनदेखि फरार रहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, ‘सौतनी आमाले दूधमा मुसा मार्ने बिषादी घोलेर खुवाएर निशान्तको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ।’  अनुसन्धानका क्रममा रोकाया भारतको हरियाणामा रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको कमान्डमा मंसिर १४ गते हरियाणा गएको टोलीले उनलाई पक्राउ गरी १६ गते नेपाल ल्याउन सफल भएको हो। मागी रोकाया र बहादुर रोकायाबीच विवाद र झैझगडा भइरहने छिमेकीलाई उधृत गर्दै प्रहरीले जनाएको छ। सोही रिसमा मागी रोकायाले कात्तिक २९ गते निशान्त विद्यालयबाट फर्किएपछि दूधमा मुसा मार्ने औषधी मिसाई खुवाएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...