काठमाडौं, 3 दिसम्बर 2021
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार निर्वाचन भएको छ । राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा छ । महाधिवेशनमा अध्यक्षको चुनावमा कागजी मतपत्र र बाँकी पदाधिकारी तथा सदस्यको निर्वाचन भने बिधुतिय भोटिङ मेसिनबाट भइरहेको छ । राप्रपाको ४ हजार ३ सय ८० प्रतिनिधि रहेको छ । राप्रपाको खुला उपाध्यक्ष जगत गौचन, दिलविकास राजभण्डारी, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, बुद्धिमान तामाङ, रामचन्द्र राय यादवले उम्मेद्वारी दिनुभएको छ । त्यस्तै महिला उपाध्यक्षमा दुर्गा श्रेष्ठ, रोशन कार्की र लिलादेवी श्रेष्ठले उम्मेद्वारी दिनुभएको छ । महामन्त्री खुलामा धवलशम्शेर राणा, भाष्कर भद्रा, भुवन पाठक, श्यामप्रसाद तिमल्सेनाको उम्मेद्वारी परेको छ भने महिला महामन्त्रीमा कुन्ती शाही र रेखा थापा उम्मेदवारी परेको छ । निर्वाचनको अन्तिम परिणाम आइतबार बिहानसम्म आउने अनुमान गरिएको छ ।









































