काठमाडौं, 4 दिसम्बर 2021
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको पुनसंरचनाको बिषयलाई आफुले नछाडेको बताउनुभएको छ । शनिबार जसपाको समाजवादी नेवा संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा भट्टराईले यसअघि आफुहरुले भन्दै आएको जातिय र सामथ्र्यका आधारमा राज्यको पुनसंरचनाको बिषयलाइ नछाडेको बताउनुभएको हो । आफुहरुले राखेको बिषयलाई संसदबाट अनुमोदन गराउनका लागि अहिले दुई तिहाई नपुग्ने भएकाले अबको निर्वाचनको परिणामपछि आफ्ना मुद्धालाई स्थापीत गर्न लाग्ने उहाले बताउनुभयो । भट्टराईले केपी ओलीको मुर्खताका कारण मुलुकको संघीयता नै खतरामा परेकाले आफुहरु एकजुट भएको र केहि उपलव्धी जोगाउन सरकारमा सहभागी भएको बताउनुभयो । उहाले संविधान संशोधनको प्रस्ताव अघि बढाउन पहल गर्ने र त्यसका लागि सडक र सदनबाट संघर्ष गर्ने जिकिर गर्नुभयो ।









































