काठमाडौ, 6 दिसम्बर 2021
नेपाल ओलम्पिक कमिटीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई स्वागत गरेको छ । सातदोबाटो स्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले घिसिङलाई कमिटीमा स्वागत गर्नुभएको थियो । सो क्रममा सदस्य सचिव घिसिङले आफ्नो नियुक्तिसँगै राष्ट्रिय टिमको तयारी सुरु गर्ने निर्णय भइसकेको बताउनुभयो । उहाले आफ्नो अगाडी प्रतियोगीतासंग जोडिएका काम र नीतिगत कामहरु रहेको जानकारी दिनुभयो । आफ्नो खेल जिवनका हिसावले पनि राखेपलाई थप उचाईमा पुराउन आफुले सक्दो प्रयास गर्ने उहाको भनाई छ । उहाले आफ्नो खेल क्षेत्रको ज्ञानलाई पूर्णरुपमा प्रयोग गर्ने जिकिर गर्नुभयो । कार्यक्रमपछि कमिटी र परिषदबीच १९ औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई लिएर प्रारम्भिक छलफल भएको थियो । उक्त प्रतियोगिता चीनको हाङचोउमा सेप्टेम्बर १० देखि २५ सम्म हुनेछ ।









































